सङ्घीय निजामती सेवा विधेयक बहुमतले पारित

काठमाडाैं | असार १५, २०८२

सङ्घीय निजामती सेवा विधेयक बहुमतले पारित तस्बिर फाइल

काठमाडौं:  सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।आइतबारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।


बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।


उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सदनमा सङ्घीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएको हो।उक्त प्रस्तावमा प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो।


विधेयक पारित भएपछि सभामुख घिमिरेले सङ्घीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दु बन्ने बताउनुभएको छ। 

तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग ...

थप पढ्नुहोस्

पोखरा:  अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।   विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

थप पढ्नुहोस्